३ मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको त्रिपक्षीय शिखर बैठकअघि दुवै नेतासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन्।

ट्रम्पले चीन र रुस दुवै देशका नेताले आफूलाई मन पराउने दाबीसमेत गरे।

एपेक सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘अमेरिका सयौँ वर्षदेखि प्रशान्त क्षेत्रको एक शक्ति रहँदै आएको छ। हामी यस क्षेत्रभर विकास, स्थिरता, सार्वभौमिकता, समृद्धि र शान्ति प्रवर्द्धन गर्न निरन्तर काम गरिरहनेछौँ।’

उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध निकै बलियो रहेको पनि बताए। अमेरिकी अर्थतन्त्रबारे चर्चा गर्दै ट्रम्पले अहिले अमेरिकाको अर्थतन्त्र इतिहासमै सबैभन्दा बढी फस्टाइरहेको दाबी गरे।

कृत्रिम बौद्धिकता (एआई)बारे उनले यो प्रविधि लगभग पूर्ण रूपमा सकारात्मक रहेको बताए। साथै, एआई उद्योगको विकासलाई रोक्न सक्ने खालका नियमहरूको आफूले विरोध गर्ने उनको भनाइ थियो।

यसअघि चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्पका आँखा बन्द देखिएका थिए भने रुसी राष्ट्रपति पुटिन भने ध्यानपूर्वक केही पढिरहेको अवस्थामा देखिएका थिए।

प्रकाशित: ३ मंसिर २०८३ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App