२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लाङटाङमा सडक निर्माण सुरु

पर्यटकीय क्षेत्र लाङटाङमा सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण कार्य सुरु गरिएको हो।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीको चाङ

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीका चाङ लागेका छन्। संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ। उजुरीका विषयलाई लिएर समितिले गोप्य रुपमा छलफल गरेको थियो।

प्रधानमन्त्रीलाई सांसदको प्रश्नः सम्वेदना दिनुपर्नेमा बधाई किन? सत्यतथ्य चाहियो

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राष्ट्रपतिले इण्डोनेसियामा पठाएको विवादित पत्र र भूकम्प पीडितमाथि भएको पक्षपातबारे प्रधानमन्त्रीको जवाफ मागेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्री युवराज खतिवडालाई पनि संसदमा जवाफ दिनका लागि बोलाउन सभामुख कृष्ण महराको ध्यानाकर्षण समेत गराएका छन्।

अमरेशले सभामुखमाथि उठाए प्रश्न, कारवाहीको माग

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले राजधानीमा भर्खरै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा संसदको लोगो प्रयोग भएकोमा आपत्ति जनाएका छन्।

संसदका कर्मचारी : घाम ताप्छन्, झगडा गर्छन

संसद सचिवालयका कर्मचारी यतिबेला फुर्सदिला छन्। सदन तीन महिनादेखि बन्द छ। सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन्। केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए।

एमाले र माओवादीका नाममा सुविधा लिन्छन् सचेतक

गण्डकी प्रदेशको सबैभन्दा ठूलो संसदीय दल नेकपा हो। एकताअघि साविकको पूर्वएमालेका तर्फबाट मायानाथ अधिकारी र माओवादी केन्द्रबाट गायत्री गुरुङ सचेतकको भूमिका थिए। संसद्मा बोल्नेक्रममा दुवैजनाले नेकपाको प्रतिनिधित्व गर्छन, तर सुविधा भने दुईजनाले नै छुट्टाछुट्टै दलको तर्फबाट लिने गरेका छन्।

संसद्को पहिलो बैठक : सत्तापक्ष रक्षात्मक, प्रतिपक्ष आक्रामक

प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको बताएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षदलका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन्। हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै दाहालले सरकार समृद्धितर्फ अघि बढेको बताएका थिए।

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन्। बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नुपर्छ कि पर्दैन भनी प्रश्न गरे।

संसदमा देउवाकाे प्रश्न : सरकार खोई?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा सरकारै नभएको बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बोलेलगत्तै आएका उनले दाहालले दाबी गरेका कुराहरुको कडा आलोचना गरे।

दाहालले भनेः लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणालीमा विकास हुन समय लाग्ने बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै अध्यक्ष दाहालले लोकतान्त्रिक प्रणालीमा विकास छिटो छिटो नहुने बताए। ‘सरकारले विकासको कामलाई जुन तीव्रताका साथ गर्नुपर्ने हो त्यो गरेको छैन्’, उनले भने, ‘कम्युनिस्ट प्रणाली भएको भए छिटो छिटो निर्णय गर्न सकिन्थ्यो। लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन। निर्णयमै अल्मिलिन्छौं। १ महिना लाग्ने काम १५ महिना लाग्छ।’

अलमलमा प्रदेशसभा

अन्य प्रदेश तथा संघीय संसद्मा बजेट अधिवेशन समापन भई हिउँदे अधिवेशनसमेत आह्वान भइसक्दा प्रदेश २ को संसद् अलमलमै छ। मंसिर १९ गते अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको प्रदेशसभाको अगामी बैठक अझै अन्योलमा छ।

हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन बुधबार सुरु हुँदैछ। अपरान्ह ४ बजे बोलाइएको बैठकमा राजनीतिक दलका नेताले अधिवेशन प्रारम्भ अवसरमा मन्तव्य दिने छन्। प्रतिनिधिसभाको कार्यसूची तयार गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो। बैठकले एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची तय गरेको छ।

भाेलिबाट संसदकाे हिउँदे अधिवेशन, यस्ताे छ पहिलाे दिनकाे कार्यतालिका

प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन्।

अर्जुन दृष्टि !

केही दिनअघि संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिमा सिफारिश गरिएका चोलेन्द्रशमशेर जबराको आत्मविश्वाससहितको बिबिसी नेपाली सेवामा प्रसारित अन्तर्वार्ता सुन्ने अनुकूलता प्राप्त भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्