असारमा सक्नुपर्ने काम बल्ल सुरु
ठेक्का सम्झौता अनुसार नागढुंगा–नौबिसे सडक खण्डको सडक मर्मतसम्भार असार मसान्तभित्रै हुनुपथ्र्याे । दसैंको पूर्वसन्ध्यामा नागढुंगा–नौबिसे सडकखण्डमा जामै हुँदैन्थ्यो।
ठेक्का सम्झौता अनुसार नागढुंगा–नौबिसे सडक खण्डको सडक मर्मतसम्भार असार मसान्तभित्रै हुनुपथ्र्याे । दसैंको पूर्वसन्ध्यामा नागढुंगा–नौबिसे सडकखण्डमा जामै हुँदैन्थ्यो।
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा हुने बढ्दो जामलाई कम गर्न प्रहरीले अस्थायी पोष्ट स्थापना गरिएको छ। काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीको टोलीले विशेष फोर्स खटाएर जाम कम गराएका छन्।
नौबिसे–नागढुंगा सडकमा हुने सवारीसाधनको चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ।
समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन्। उनीहरुले समयमै निर्माण सक्न माग गरेका छन्। उनीहरुले ‘धुलो हामी खाँदैनौं, कति वर्ष लाग्छ सरकार यो बाटो बन्न? धुलोमा बस्ने हाम्रो बाध्यता हो?’ भन्दै नाराबाजी गरेका थिए। स्थानीयको प्रदर्शनले यातायात प्रभावित समेत भएको छ।
कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक राष्ट्रियस्तरमै चर्चा भइरहन्छ बेलाबेला । सर्वसाधरणको दबाब थेग्न नसकेपछि कहिलेकाहीँ मर्मत कार्य गरिन्छ, खाल्डा पुरेर।
हिजोआज धादिङबेसीबाट बिहान ५ः३० बजे छुटेको बस दिउँसो ३ बजे आसपासमात्रै काठमाडौं पुग्छ। सामान्य समयमा धादिङबेसीबाट काठमाडौं पुग्न ३ घण्टा लाग्छ तर जीर्ण राजमार्ग र सवारीसाधनको चापले साढे १० घन्टा लाग्ने गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।
प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले ३ किलो ६ ग्राम अवैध सुनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले नागढुंगामा गाडी चेक जाँच गर्ने क्रममा युके ०२४६८४ नम्बरको मारुती कारको एयर फिल्टरमा राखेको अवस्थामा सुन बरामद भएको बताए।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ। प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो।
बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।
राजधानी भित्रिने प्रमुख नाका नाका नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक विस्तार कार्यक्रम स्थानीयको अवरोधका कारण निर्धारित समयमा नसकिने देखिएको छ। १२.५ किलोमिटर सडक खण्डको छेउछाउका बासिन्दाले दायर गरेको मुद्दामा अदालतले २५ वटा अन्तरिम आदेश (स्टेअर्डर) जारी गरेको छ। त्यसबाहेक स्थानीयले पनि ठाउँठाउँमा विस्तार कार्यमा अवरोध जारी राखेका छन्।
उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कंलकी–नागढुंगा भएर दैनिक हजारौं सवारीसाधन गुड्छन्। दिनहुँ हुने ट्राफिक जामले १२ किलोमिटर पार गर्न घन्टौं लाग्ने गरेको छ।
राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी–नागढुंगा सडकमा दैनिक हजारौं सवारीसाधन गुड्छन् । दुई लेनको करिब ९ किलोमिटर सडक पार गर्न भने घन्टौं लाग्छ । सडकको दुरवस्थाका कारण चालक, यात्रु र सर्वसाधारण हैरान छन् ।