२१ आश्विन २०८३ बुधबार
image/svg+xml

चाडबाडमा सुरक्षित यात्राका लागि कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र स्थापना

दसैँ, तिहार र छठलाई लक्षित गरी आउजाउ गर्ने यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै प्रहरी र ट्राफिक प्रहरीको संयुक्त रूपमा ती कक्ष स्थापना गरिएको हो।

कांग्रेस महाधिवेशन : कुन पदमा कसले दिए उम्मेदवारी ?

निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा श्यामकृष्ण खड्गीको मात्रै उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

कमला नदीको पुल निर्माण अन्तिम चरणमा

निर्माणाधीन पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ।

ललितपुरका मेयर महर्जनको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

चिरीबाबु महर्जनले नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी ललितपुर महानगरका मेयर हुन्।

एमाले विधान अनुसार वरिष्ठ नेताको भुमिका के हो ?

एमालेले पार्टीको विधानमा वरिष्ठ नेताको व्यवस्था थप गर्दै अध्यक्षपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिन पाउने व्यवस्था गरेको छ।

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

भण्डारीले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी

खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

निम्बुपानी कि निम्बुको स्वाद? लेबलले उपभोक्तालाई के भन्छ?

वास्तविक कुरा प्रायः बोतलको पछाडिको सानो अक्षरमा लुकेको हुन्छ। उपभोक्ताले स्वास्थ्य, चिनी, सामग्री र दाबीबारे बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सूचना त्यही लेबलमा हुन्छ।

कुलमान भन्छन्- हामीले पद मागेका थिएनौं, रास्वपाले धोका दियो

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको पार्टी एकीकरणको सहमति एकतर्फी रूपमा भङ्ग गरिएको आरोप दोहोर्‍याएका छन्।

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

उही पुरानै विषय पढाउने भए १५ विश्वविद्यालय खोल्नुको अर्थ छैन: शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने बताएका छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्।

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम सवा तीन अर्ब

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको हो।

काठमाडौंमा भीषण वर्षा, कांग्रेसका नेता-कार्यकर्ता निथ्रुक्कै

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको चटारो चलिरहँदा एक्कासी परेको भीषण वर्षाले राष्ट्रिय सभागृह परिसरमा रहेका नेता तथा कार्यकर्ता निथुक्कै भिजेका छन्।

काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्