२० आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम सवा तीन अर्ब

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको हो।

परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा खरिद-बिक्री भएका छन्।

यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अङ्कले बढेर ४६१ दशमलव ८६ विन्दुमा पुगेको छ।

त्यस्तै फ्लोट सूचक ० दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ र सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ विन्दुमा पुगेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज ११ वटाको सूचक बढ्दा २ उपसमूह भने घटेका छन्। समग्र बजारमा आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक र हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले धेरै कमाएका छन्। उता सर्वोत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड र चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: २० आश्विन २०८३ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App