२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो ३:१५ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो।

काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २० आश्विन २०८३ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App