१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युत आयोजनालाई ५ प्रतिशत ब्याजदरमै ऋण

सरकारले जलविद्युत आयोजनाहरुलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने तयारी गरेको छ। सरकारले जलविद्युतलाई विशेष प्राथमिकता क्षेत्र घोषणा गर्दै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो।

जलाशय आयोजनाको प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

सरकारले जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको बिजुली खरिद दर तयार पारेको छ। ऊर्जा मन्त्रालयले जलाशय आयोजनाको प्रकृति हेरेर सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकेको छ। सरकारले सोमबार सार्वजनिक गर्ने तयारी गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

अप्पर माई जलविद्युत् आयोजनाको सेयर खुल्दै

अप्पर माई जलविद्युत् आयोजनाले निस्कासन गर्न लागेको सेयर वितरणमा ‘अति प्रभावित क्षेत्र’का बासिन्दालाई प्राथमिकता दिनुपर्ने जिल्लाको माइमझुवा र माबु गाउँका बासिन्दाले माग गरेका छन् । आयोजनाले वितरण गर्ने भनेको १० प्रतिशतमध्येको ५० प्रतिशत सेयर आयोजना निर्माणस्थल माबु र माइमझुवाका बासिन्दालाई दिन उनीहरूले माग गरेका हुन् ।

सुस्त ठूला आयोजना

ठूला आयोजनाले मुलुकको अनुहार फेर्न महŒवपूर्ण भूमिका खेल्छन्। तर, नेपालमा अधिकांश ठूला आयोजना समयमा सम्पन्न हुँदैनन् परिणामतः तिनको लागत अनुमानितभन्दा निकै बढी हुन जान्छ। यही कारण ठूला आयोजना निम्ति ऋण दिन बैंक र बनाउने ठेक्का लिन निर्माण कम्पनीहरू हत्तपत्त अघि सर्दैनन्।

किन अड्कन्छन् ठूला आयोजना?

पछिल्लो समय काममा आएको तीव्रताले मेलम्चीको पानी पिउने राजधानीवासीको सपना साकार हुने दिन अब धेरै टाढा छैन। आयोजनाको दाबीअनुसार अब कुनै अवरोध नआए आउँदो दसैंमा उपत्यकावासीले मेलम्चीको पानीले तिर्खा मेट्न पाउनेछन्।

विद्युत् आयोजना र स्थानीयबीच सहमति

माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत् आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिएपछि बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको छ ।

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।

शैक्षिक मेला आयोजना हुने

आगामी बिहिबार र शुक्रबार १३औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना हुने भएको छ। राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेला हुन लागेको हो।

काठमाडौंमा लगानी सम्मेलन आयोजना हुने

अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन हुने भएको छ।

८० मेगावाट क्षमताका २ आयोजनालाई उत्पादन अनुमति

ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ।

राष्ट्रिय गौरवको आयोजना कामप्रति सिँचाई मन्त्री असन्तुष्ट

सिँचाई मन्त्री दीपक गिरीले राष्ट्रिय गौरवको आयोजनाको काममा देखिएको सुस्ततालाई अन्त्य गर्न सरकारले नीतिगत रुपमा सुधार गरिरहेको बताएका छन्। मुलुकमा सञ्चालनमा आइरहेका राष्ट्रिय गौरवका आयोजनाले नाम अनुसारको काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए ।

साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार

खोटाङको साप्सु खोला जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ। दुई वर्षभित्र जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनका काम पूरा गर्ने अनुमती पाएको थ्रीस्टार हाईड्रोपावर प्रालि काठमाडौंले छोटो समयमै ७.१५ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार पारेको हो।

बूढीगण्डकी आयोजना कार्यालय अगाडि झडप, दर्जन बढी अश्रुग्यास प्रहार

कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५-२० राउण्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्