११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेविसंघको कार्यकाल दुई महिना थप, पौडेलदेखि गगनसम्मको असहमति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो।

नेविसंघको विवाद आइतबार टुङ्गो लाग्ने

नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ। नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।

निर्मला हत्या प्रकरण : नेविसंघ आन्दोलित, कञ्चनपुरमा शैक्षिक हड्ताल

सोमबार बिहान क्याम्पस हिंडेका भीमदत्त नगरपालिका– १६ मझगाउँका सञ्जु कुवँर आधा बाटोबाटै घर फर्किए। कारण थियो, शैक्षिक हड्ताल। नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विरोधमा आह्वान गरेको शैक्षिक हड्तालका कारण जिल्लाका सबै जसो विद्यार्थीले पठनपाठन गर्न पाएनन्।

लुम्बिनी क्याम्पसमा नेविसंघकाे तोडफोड

नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गर्नुका साथै आगजनी गरेको छ । क्याम्पस प्रमुखले ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरिगरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइले तोडफोड तथा आगजनी गरेको हो ।

नेविसंघमा उमेर हदको विवाद

नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ। नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो।

नेविसंघ सभापति र महामन्त्रीबीच आरोप–प्रत्यारोप

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दा महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए।

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

डाक्टर गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गदै नेविसंघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेको छ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्वसन्ध्यामा पाेखरामा प्रदर्शन, नेविसंघका नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ।

नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले एक राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीको आन्दोलनमा पछिल्लोपटक प्रहरीले स्थिती नियन्त्रणको लागि पहिलोपटक हवाईफायर गरेको हो।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा देश भरिका क्याम्पस अगाडि एक घन्टा चक्का जाम गरेको छ।

ढुंगेल रिहाईको विरोधमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ।

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

नेविसंघको अध्यक्षमा बस्नेत

नेपाल विद्यार्थी संघ खोटाङको अध्यक्षमा राजकुमार बस्नेत चयन भएका छन् । हालसम्म कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दैआएका बस्नेतलाई दिक्तेलस्थित बिपी स्मृति भवनमा आइतबार बसेको नेविसंघको जिल्ला स्तरीय विशेष भेलाले अध्यक्षमा चयन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्