११ मंसिर २०८१ मंगलबार
image/svg+xml

३२ कटेका हटाउन नेविसंघमा दौडधुप

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ कटेका नेताहरू हटाउन पार्टीभित्र तेस्रो धार भनिएको समूहले दौडधुप सुरु गरेको छ।

नेविसंघ धादिङमा तीन अध्यक्ष

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङमा विवाद चुलिएको छ। केन्द्रबाट तीनजना अध्यक्षहरूलाई जिम्मेवारी दिएको पत्र आएसँगै विवादले उग्र रूप लिएको छ। सोमबार मात्रै नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएसँगै जिल्लामा पनि आफू निकटका विद्यार्थी नेताहरूलाई अध्यक्षको जिम्मेवारी तोकिएका विभिन्न पत्र बाहिर आएका छन्।

नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा, देउवाले केन्द्रीय समितिमा यसबारे कुरा उठाउन मानेनन्

नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएका हुन्।

कांग्रेस बैठक जारीः नेविसंघको विवाद आजै टुंगिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद टुंगो लगाउनेबारे छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कार्यसमिति म्याद हदको विवादले नेविसंघको महाधिवेशन हुन सकेको छैन्। महाधिवेशन नहुँदा नेविसंघ दुई धुव्रमा विभाजित भएको छ भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत अनिश्चित बनेको छ।

सरकारी गाडी जलाउनु निन्दनीय : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारी गाडी जलाउनु निन्दनीय भएकाे बताएका छन्। नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा शनिबार गाडी जलाएको विषयमा आफूलाई धेरै तिरबाट यसमा धारणा माग गरेको भन्दै थापाले आइतबार ट्विट गर्दै याे घटना निन्दनीय भएकाे बताएका हुन्।

सरकारविरुद्ध राँके जुलुस

सरकारको बिरोधमा नेपाल तरुण दल र नेविसंघ खोटाङले राँके जुलुस निकालेको छ। विरोधका बाबजुद राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको, वाइड वडी विमान खरिदलगायतका भ्रष्टाचारीलाई संरक्षण गरेको, निर्मला पन्तलगायतका पीडित जनतालाई न्याय दिन नसकेको लगायतका आरोप लगाउँदै नेविसंघ दिक्तेल रूपाकोट मझुवागढी नगर समितिको आयोजनामा बिहीबार साँझ दिक्तेलमा राँके जुलुस निकालिएको हो।

मन्थली बजारमा नेविसंघको सिठ्ठी जुलुस

सरकारको विरोधमा नेविसंघ रामेछापले बुधबार साँझ सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस निकालेको छ। मन्थली बजारमा सरकारविरोधी ब्यानर बोकेर विरोधमा उत्रिएको नेविसंघले वर्तमान सरकारलाई दुई तिहाइको दम्भ त्याग्न आग्रह गरेको छ।

‘हामी स्ववियु निर्वाचनबाट भाग्दैनौं, सरकार नै रोक्ने गतिविधिमा लाग्यो’

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनसँग आफ्नो संगठनको रगतको साइनो भएकोले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले आफूहरु निर्वाचनबाट कुनै हालतमा नभाग्ने जिकिर गरे। उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’

सरकारकाे खाेजी गर्दै लालटिन जुलुश प्रदर्शन (भिडियाे)

नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधानी लगायत देशभर प्रदर्शन गरिरहेका छ। राजधानीको प्रदर्शनीमार्गमा आइतबार नेविसंघले 'लापता केपी ओली सरकारकाे खाेजी' लेखेकाे व्यानर लिएर लालटिन जुलुश निकाले।

नेविसंघद्वारा सरकार विरुद्ध प्रदर्शन, दर्जनौ नेता कार्यकर्ता पक्राउ

नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छ। उसले यसै क्रममा राजधानीको पशुपति बहुमुखी क्याम्पस अगाडी प्रधानमन्त्री केपी केपी ओलीको पुत्ला समेत दहन गरेका छन।

ओखलढुंगामा दुईओटा नेविसंघ गठन

ओखलढुंगामा दुई समूहका छुट्टाछुट्टै नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएका छन्। १२ औं जिल्ला अधिवेशनबाट जिल्लामा नेविसंघका दुईवटा समिति गठन भएका हुन्। नेपाली कांग्रेसभित्रका नेताबीच विवादको असर भ्रातृ संगठन नेविसंघमा परेको हो। विवादकैबीच नेविसंघमा दुई समिति गठन भएका हुन्।

नेविसंघमा नयाँ समिति गठन गर्न दबाब

नेपाली कांंग्रेसलेको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्वबाट १२ औं महाधिवेशन सम्भव नरहेको असन्तुष्ट पक्षले जनाएका छन्। संघका असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निवासमा धर्ना दिँदै तत्काल तदर्थ समिति गठन गर्न माग गरेका हुन्।

क्यान्सर पीडितलाई नेविसंघको सहयोग, शशांकले गरे रकम हस्तान्तरण

नेपाल विद्यार्थी संघले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।  नेविसंघले संकलन गरेको एक लाख ६८ हजार रुपैयाँ आइतवार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नै निवास महाराजगञ्जमा क्यान्सर पीडित होम कुमारी सापकोटालाई हस्तान्तरण गरे।

नेविसंघले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो

नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ। नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो।

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्