११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेविसंघले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो

काठमाडाैं- नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ। 

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो। अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए। “सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने प्रतिनिधिलाई कडा कारवाही गर्नेछौँ,” उनले भने। 

खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को पठाइने उनको भनाई छ। नेविसङ्घले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक विद्यालय, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगर, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस तथा विश्वविद्यालय, पुस १४ भित्र सबै जिल्ला र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ। रासस

प्रकाशित: १५ मंसिर २०७५ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App