२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्वकप छनोट: कतारसँग मलेसिया पराजित

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कतारले मलेसियालाई पराजित गरेको छ।  

बिहिबारको खेलमा कतारले मलेसियालाई ८ विकेटले पराजित गर्यो। मलेसियाले दिएको १२४ रनको लक्ष्य कतारले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। कतारका लागि जुबेर अलीले सर्वाधिक ६५ रन बनाएर नटआउट रहे।  

मलेसियाको लागि विरनदीप सिंहले एक विकेट लिए।  

त्यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो।  

मलेसियाको लागि विरन्दीप सिंह ६२ रन बनाउँदै नटआउट रहे। कतारको लागि मोहम्मद जमानले १ विकेट लिए।  

जितसँगै कतारले सुपर सिक्सको यात्रा जिवितै राखेको छ। यसअघि कतार संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो।

प्रकाशित: २३ आश्विन २०८२ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App