आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिवियाविरुद्ध कमजोर ब्याटिङ गरेको छ।
सुस्त सुरुवात गरेको नेपालले आफ्नो ३ विकेट सस्तैमा गुमाएको छ। १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ४० रनमात्र बनाएको छ।
कुशल भुर्तेल २ रनमा बोल्ड हुँदा अर्का ओपनर आसिफ शेख १६ रनमा क्याच आउट भए। इशान पाण्डे ८ रनमा पवेलियन फर्के।
क्रिजमा क्याप्टेन रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी छन्।
जेजे स्मिथले २ र ज्याक ब्रसेलले १ विकेट लिएका छन्।
प्रकाशित: ५ श्रावण २०८३ १६:०० मंगलबार





