घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ।
किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुन लागेको यी दुई टोलीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
यसअघिको खेलमा नेपालले युएईलाई पराजित गरेको थियो भने ओमानले युएईसँग हार बेहोरेको थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमान हालसम्म ८ पटक आमने–सामने भएका छन्। जहाँ नेपालमाथि ओमान हावी भएको छ। ८ खेल खेल्दा ओमानले नेपाललाई ५ पटक हराएको छ भने नेपालसँग ओमान ३ पटक पराजित भएको छ।
बुधबार नेपाल ओमानलाई हराउने लक्ष्य सहित मैदान उत्रिनेछ।
प्रकाशित: १६ वैशाख २०८३ ०७:१६ बुधबार





