२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप लिग २ः ईशान पाण्डेको मेडन अर्धशतक

नेपाली ब्याट्सम्यान ईशान पाण्डेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरेका छन्। अमेरिकाविरुद्धको खेलबाट गत शनिबार अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका उनले आफ्नो दोस्रो खेलमा अर्धशतक बनाएका हुन्।  

सुस्त सुरुवात गरेपनि पाण्डेले ५३ बलमा नटआउट ५३ रन बनाएका हुन्। उनले पाँच चौका र २ छक्का प्रहार गरे।  

अमेरिकाविरुद्धको खेलमा उनले नटआउट २० रन बनाएका थिए। 

आइसिसी विश्वकप लिग- २ मा अहिले नेपालले स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको छ।  

प्रकाशित: ४ जेष्ठ २०८३ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App