आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले अहिले यूएईविरुद्ध बलिङ गरिरहेको छ । पावर प्लेमा विष्फोटक ब्याटिङ गरेको यूएईले सोलगत्तै आफ्नो दोस्रो विकेट गुमाएको हो ।
सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आर्सन शर्मालाई २५ रनमा क्याच आउट गराए । यूएईका क्याप्टेन मोहमद वासिम ६ रनमा करण केसीको बलमा बोल्ड भए ।
८ ओभरको खेलको समाप्तिमा यूएईले २ विकेट गुमाएर ५० रन बनाएको छ ।
मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा बिहिबार क्यानाडासँग खेल्नेछ।
प्रकाशित: २० माघ २०८२ १७:५५ मंगलबार




