महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६४ रनले पराजित गरेको छ। एजबास्टनमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो।
भारतका लागि स्मृति मन्धानाले अर्धशतक प्रहार गर्दै ४४ बलमा ६८ रन बनाइन्। कप्तान हरमनप्रीत कौरले ३६ रन बनाइन्। रिचा घोषले १७ बलमा ३४ रन बनाइन्। पाकिस्तानका लागि सादिया इकबाल र फातिमा सानाले दुई-दुई विकेट लिइन्। तस्मिया रुबाब र रमीन शमीमले एक-एक विकेट लिइन्।
१७१ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान १७ ओभरमा १०६ रनमा अलआउट भयो। मुनीबा अलीले सर्वाधिक ४१ रन बनाइन्। भारतका लागि दीप्ती शर्माले १० रन खर्चेर ५ विकेट लिइन्। श्री चरणीले ३ र शफाली वर्माले १ विकेट लिइन्।
प्रकाशित: १ असार २०८३ ०७:०७ सोमबार



-600x400.jpg)

-600x400.jpg)