आईसीसी महिला विश्वकपमा आज बंगलादेश र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
शुक्रबार खेल भारतको बार्सापरा क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ। जारी विश्वकपमा यी दुवै टोलीले हालसम्म दुई वटा खेल खेलिसकेका छन्। आज दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्दै छन्।
दुई खेल खेलेको न्युजिल्यान्ड जितविहीन छ, बंगलादेशले भने एक खेलमा जित र एक खेलमा हार बेहोरको छ।
न्युजिल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग ८९ रनले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरेको न्युजिल्यान्ड ६ विकेटले पराजित हुन पुग्यो।
त्यस्तै, बंगलादेशले आफ्नो पहिलो खेलमा पाकिस्तामाथि ७ विकेटको जितसहित विजयी सुरुआत गरेको थियो। तर, आफ्नो दोस्रो खेलमा बंगलादेश इंग्लान्डसँग ४ जिकेटले पराजित हुन पुग्यो।
आज हुने खेलमा बंगलादेशलाई हराएर न्युजिल्यान्डले पहिलो जित दर्ता गर्न चाहन्छ। बंगालदेश पनि न्युजिल्यान्डलाई हराउने दाउमा हुनेछ।
प्रकाशित: २४ आश्विन २०८२ १३:४० शुक्रबार





