२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकपः उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलिया भिड्दै

आइसिसी टी-२० महिला विश्वकपको उपाधिका लागि आइतबार इंल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे लर्डसमा सुरु हुनेछ।  

दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। समूह चरणका सबै पाँच खेल जितेको अस्ट्रेलिया समूह एकको र इंल्यान्ड समूह दुईको विजेता हुन्।

सेमिफाइनलमा इंल्यान्डले साउथ अफ्रिकालाई ४० रनले पराजित गरेको थियो। अस्ट्रेलियाले भने वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो। 

प्रकाशित: २१ असार २०८३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App