आइसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार इंल्यान्डको ओभलमा साँझ सवा ७ बजे सुरु हुनेछ।
अस्ट्रेलिया समूह एकको विजेता र क्यारेबियन टोली समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
कंगारु टोली जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ। लिग चरणका पहिला ३ खेल जितेर पछिल्ला २ खेलमा पराजय भोगेको वेस्ट इन्डिज पनि जितको शृंखला पुनः सुरु गर्दै फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ।
अर्को सेमिफाइनलमा बिहीबार इंल्यान्ड र साउथ अफ्रिकाबीच खेल हुनेछ। साउथ अफ्रिका समूह एकको उपविजेता र आयोजक इंल्यान्ड समूह दुईको विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
फाइनल खेल आइतबार लर्ड्समा हुनेछ।
प्रकाशित: १६ असार २०८३ १२:१३ मंगलबार





