२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

महिला लिग छनोट फुटबल आजदेखि, पहिलो दिन चार टोली भिड्दै

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट आयोजना हुँदै छ।

एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

आज पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ।

सहभागी मध्यबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन्।

साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

प्रकाशित: २९ श्रावण २०८२ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App