श्रीलंकाको रतनपुरामा भएको पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण र एक रजतसहित दोस्रो हुन सफल नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ।
अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक तथा ४० केजीमुनि आरोन शेरचनले रजत पदक जित्न सफल भएका थिए।
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की छन्। टोलीलाई संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना, अभिभावकलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
प्रकाशित: २७ श्रावण २०८२ ०८:०० मंगलबार





