१६ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

आईपिएलमा आफूलाई प्रमाणित गरिरहेका विराट र रोहित

जारी १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) सुरु भएको तेस्रो दिन सोमबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।  

गत शनिबार सुरु भएको सो लिगमा अहिले क्रिकेटमा अन्तर्राष्ट्रिय चर्चा कमाएका विराट कोहोली र रोहित शर्मााको चौतर्फी प्रंशासा भइरहेको छ। साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गर्दा आइतबार मुम्बई इनडियन्सले १४ वर्षपछि सिजनको आफ्नो पहिलो खेलमा जित निकालेको छ। यसअघि १३ सिजनसम्म मुम्बईले आफ्नो उद्घाटन खेलमा हार बेहोर्दै आएको थियो।

यस जितसँगै चर्चामा आउको कुरा हो विराट र रोहितको प्रतियोगितामा उत्कृष्ट सुरुआत। पहिलो खेलमा ६९ रन बनाएका विराटले पुनस् एकपटक आफूलाई प्रमाणित गरेका छन्। ३८ बलमा ६९ रन बनाउँदै नटआउट  रहेका विराटले आफनो फयानलाई आफू माथि झन विश्वास दिलाएका छन्।

त्यस्तै, मुम्बईका रोहितले पनि कोकलता नाइट राइडर्सविरुद्ध ७८ रन प्रहार गरे। यो १४ वर्षको सूरुवातमै उनको उत्कृष्ट ब्याटिङ हो। विराटले ३८ बलमा ७८ रन बनाएर मैदान बाहिरिएका थिए। दुवै खेलाडीले आआफनो पहिलो खेलमा अर्धशतकीय पारी खेले पछि उनीहरु अहिले 'वोल्ड इज गोल्ड'को नामलले परिचित भइरहेका छन्। 

प्रकाशित: १६ चैत्र २०८२ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App