नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मंगलबार लाओससँग प्रतिस्पर्धा गर्दैछ।
मगंलबार लाओससँग खेल्ने नेपाली टोलीमा फर्वाड अन्जन विष्ट बेन्चमा रहने भएका छन्। योसंगै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम लेखाउने मौका उनले गुमाएका छन्।
उनले अहिलेसम्म हरि खड्का र निरन्जन रायमाझीसँगै समान १३ गोल गरेका छन्। पछिल्ला केही खेलमा गोल गर्न असफल भएपछि अन्जनले कीर्तिमान आफ्नो नाममा लेखाउन सकेका छैनन्। मंगलबारको खेलमा पनि खराब फर्मका कारण उनी टोलीमै नपरेका हुन्।
तर, नयाँ प्रशिक्षक गुग्लिमो ऐरेना लाओसँग खेल्ने २३ सदस्य टोलीमा अन्जनको नाम समावेश नगरेपछि उनले किर्तिमान बनाउने अवसर गुमाएका हुन्।
नेपाल र लाओसबीच खेल लाओसमा हुनेछ। उक्त खेलका लागि नेपाली टोली शनिबार लाओस प्रस्थान गरेको छ।
प्रकाशित: १६ चैत्र २०८२ १६:५० सोमबार





