मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा मधेसका आठ वटै जिल्लाका नाकाबाट तस्करी मौलाएको छ । मधेस प्रदेशका विभिन्न नाकाबाट मदिरा, स्याउ, गिट्टी वालुवासहितका सामग्रीको तस्करी मौलाएको हो । भारतबाट चिनी, दाल, चामल, मोटरपाट्र्सदेखि, कस्मेटिक्सलगायत दैनिक उपभोग्य सामान नेपालतर्फ तस्करीहुँदा सीमा क्षेत्रका बजार र सदरमुकामका बजारबाट हुने व्यपारमा कमी आएको छ ।
प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाका प्रहरी कर्मचारीलाई अविश्वास गरी घुमुवा परिचालन गर्ने र ती घुमुवाले डिआइजीको नामबाट तस्करीका लागि चिनिएका नाका खुलाउदा यो समस्या उत्पन्न भएको छ । चुनावअघि र चुनावपछिको संक्रमणकालमा डिआइजी कार्यालयबाट खटिएका घुमुवाहरु सीमा चौकीमा पुगेर नाका खुलाएका थिए । ‘मधेस प्रदेशमा नाका खुलाउन डिआइजीकै घुमुवाको आदेश’ शीर्षकमा यसअघि नै नागरिकमा सामाचार प्रकाशित भइसकेको छ ।
‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आएपछि बाध्य भएर रातीान तस्करीका सामान बोकेको गाडि पास गरीदिन बाध्य भयौँ’, सीमा नाकाका एक प्रहरी अधिकृतले भने । ती अधिकृतका अनुसार डिआइजीको नाममा आठ वटै जिल्लामा घुमुवा परिचालन गरिएको छ । घुमुवा परिचालनको विषयमा डिआइजी थपलियाले पनि स्वीकार गरेका छन् । उनले घुमुवा नभई सादा पोशाकमा कर्मचारी खटाएको बताएका छन् ।
मधेस प्रदेशमा तस्करी तस्करी बढेको छ त्यसमा डिआइजीकै घुमुवाले सहजीकरण गरेका छन् भनिन्छ नि, भन्ने प्रश्नमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले यसमा सत्यता नभएको बताए । उनले भने,‘तस्करी नियन्त्रणमा प्रदेश प्रहरीबाट काम नभएको होइन्, भएको छ । पछिल्ला दिनमा आठ वटै जिल्लाबाट सात लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ । सादा पोसाकका प्रहरीको काम पनि अपराध नियन्त्रण नै हो तर यसमा खासै उपलब्धि भएको देखिँदैन । सादा पोसाकका प्रहरी सूचना संकलन गर्न खटिएका हुन्छन् । उनीहरुले बदमासी गरेको जस्तो लाग्दैन ।
व्यापारी भने तस्करीका सामान आउँदा भन्सार तिरेर ल्याएको सामान बिक्री हुन नसकेको बताउँछन् । भने तस्करीका सामाछ निपनि पारीबाट तस्करीका सामान आउने गरेका छन् बजारमा तस्करीका सामान सस्तोमा पाइन्छ, भन्सार तिरेर ल्याएको सामान महंगो छ, विक्री हुन गाह्रो भैरहेको छ, यो मेरो मात्र समस्या होइन, बारा, पर्सा, जनकपुर, रौतहट सबै स्थानको समस्या रहेको स्थानीय व्यपारीहरु बताउँछन् । ‘पारि भारतबाट तस्करीका सामान आउने गरेका छन् । तस्करीका सामान सस्तोमा पाइन्छ । भन्सार तिरेर ल्याएको सामान महंगो हुन्छ । यसले गर्दा बिक्री गर्न गाह्रो भइरहेको छ । यो मेरो मात्र समस्या होइन् मधेस प्रदेशका आठ वटै जिल्लाका व्यपारीको साझा व्यथा हो, सिरहाका एक व्यपारीले भने । ’
सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक रुपमा भइरहेको व्यपारीको दावी छ । पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ । पारिबाट दैनिक उपभोग्यदेखि, सुर्तीजन्य पदार्ग, गुटखा, साना साइजका ग्यास सिलिन्डर, लाईटर, मोटरपाट्र्सका सामान तस्करहरुले भिœयाइरहेका छन् । सप्तरीका ती नाका बन्द गर्न खोज्दा घुमुवाको नाममा पुगेका वरिष्ठ सई गोपाल थापा मगरले नाका खुलाउन भनेको स्रोतको दावी छ ।
स्रोतका अनुसार सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ । माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत झाझपट्टी, ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करी हुने गरेको बताइन्छ । यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । यी विषयमा सिराहका एसपी मौन बसेको स्रोतको दावी छ । तस्करीका मालसामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी बिल काटेर पहाडी जिल्लाहरुमा पठाउने गरिएको छ । सीमादेखि गोदामसम्म तस्करीका मालसामान सुरक्षित पु¥याउन घुमुवाले सघाउँछन् । मोटरसाइकल, टेम्पो, ट्याक्टर र मिनि ट्रक, पिकअप तस्करीका सामान भिœयाउन प्रयोग गरिन्छ ।
धनुषाका जटही, औरही नाकाबाट पनि तस्करी हुने गरेको छ । नाका खुलाउन गएको आदेशलाई धुनषाका एसपीले नमानेपछि डिआइजी थपलिया र एसपीको बीच भनाभन भएको स्रोतले बतायो । पर्साका एसपीले प्रमण पुगेपछि कारवाही गर्नु नत्र हस्तक्षेप गर्न नआउनु भनेपछि घुमुवाले त्यहाँ टेक्न सकेका छैनन् । व्यपारीकाअनुसार बारा सर्लाही, रौतहट र महोत्तरीमा डिआइजीको घुमुवाको नाममा आतंक छ । सुरक्षाकर्मीको उपस्थितिमै सीमानाकाबाट तस्करी हुने गरेको धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने रमभरोष भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिएको भन्दा पनि हुन्छ ।’ धनुषाका एसपीले तस्करीका सामान रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयको दबाब आएको भन्दै यो विषयलाई प्रहरी प्रधानकार्यालयमा समेत जानकारी गराएको स्रोतको दावी छ ।
मधेसका विभिन्न नाकबाट नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छलेर भिœयाइन्छ । यताबाट मदिरा, चिनियाँ स्याउलगायत पारि पु¥याइन्छ ।
सिरहाको बरियारपट्टी नाका क्षेत्रमा भेटिएका रोशन कुमार भन्छन्, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार छलेर मालसामान वारपार भएको देख्नु हाम्रा लागि मामुली कुरा हो, सर ! सीमा क्षेत्रमा तस्करी हुन्छ भन्ने कुरा ओपन सेक्रेट नै हो । नियन्त्रण गर्ने अंगले आँखा चिम्लेपछि हामीजस्ता सर्वसाधारणले के गर्न सक्छौं र ? हामीले मुख खोल्नु भनेको जोखिम मोल्नु बाहेक केही हुँदैन ।’
उनकाअनुसार घुमुवाबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि तस्करले सामान वारिपारि गराउँछन् । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् । सीमादेखि सरहसम्म प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार छलेर सामान वारपारि गराउने आँट कसैको पनि नहुने उनले बताए ।
सीमावर्ती क्षेत्रका बासिन्दाका अनुसार सप्तरीका बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सर्लाहीका पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराका कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साका इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ । यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ । सुरक्षाकर्मी र भन्सारका कर्मचारीसँगको मिलेमतोमा तस्करको संगठित सञ्जालमार्फत सीमावारिपारि सामान तस्करी हुने गरेको उनीहरु बताउँछन् । तस्करलाई काबुमा राख्न भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेका छन् । तर, कुरा मिलेपछि उनीहरु चुप बस्ने गरेको सीमावासी बताउँछन् ।
‘प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ’ सिरहाका सीमावर्ती क्षेत्र नरगीमा भेटिएका रामसरण ठाकुर भन्छन् । सिरहाका सीमानाकामा पनि तस्करको बिगबिगी भएको सीमावासी बताउँछन् । सिरहाका सीमानाका भएर पारिबाट चिनी, कपडा, मोटरपार्टस्, किराना सामान, ग्यास चुल्हो, कम तौलको ग्यास सिलिन्डर, लाइटर, पान मसाला, सुर्तीजन्य पदार्थ, रजनीगन्धा, गुटखा, भन्सार छलेर भिœयाइने गरिएको छ। यताबाट मदिरा, चिनियाँ स्याउ, गिट्टीवालुवालगायत तस्करी गरिन्छ ।
सिरहाको झाझपट्टी सीमानाका प्रवेशद्वार नजिक रुखमुनी सुस्ताउँदै गरेका रमसुफल रायले भने,‘ रातको समयमा पारिबाट सीमा क्षेत्रमा सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ पठाइन्छ । सुरक्षाकर्मीबाट लाइन क्लियर रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ ।’ उनकाअनुसार सीमानाकादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि(घुमुवा) खटिएका हुन्छन् । सडक छेउमै घर भएका उनले भने,‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन् । राज्यका निकायले नै तस्करलाई लाइन खोलिदिएपछि हामीमा कसरी मुख खोल्ने आँट पलाउँछ ।’
उनले यस भेगको तस्करी धन्दाबारे बेलिविस्तार लगाए । उनको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट तस्करलाई पुग्दैन् ।
प्रकाशित: १६ चैत्र २०८२ १६:३८ सोमबार




