विद्यावाणी र एकलव्य शनिबार अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भइरहेको प्रतियोगितामा विद्यावाणीले निर्मल ज्योतिलाई ३–२ गोलले पराजित गर्यो। निर्मल ज्योतिका रितिक थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए। अर्को सेमिफाइनलमा एकलब्यले भिबिइएसएसलाई १–० गोलले हरायो। भिबिइएसएसका सनव दाहाल ‘म्यान अफ द म्याच’ चुनिए।
प्रकाशित: १० फाल्गुन २०८२ ०७:२४ आइतबार



-600x400.jpg)

