१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

असोज २५ देखि भेट्रान फुटबल

काठमाडौं महानगरपालिका वडा–७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ।

प्रतियोगिता असोज २५ देखि २९ गतेसम्म हुने भएको छ  ।यसअघि प्रतियोगिता भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतियोगिता स्थागित गरिएको थियो। प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन्।

४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरूपमा हुनेछ। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ। प्रतियोगिताका खेलहरू चन्द्रविनायक पार्क, चावहिल मैदानमा खेलाइनेछ। प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ।

प्रकाशित: २२ आश्विन २०८२ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App