आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार हुने समूह ‘ए’ को तेस्रो खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) ले भारतविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा केही बेरअघि सम्पन्न टसमा अमेरिकाका कप्तानले बाजी मार्दै घरेलु टोली भारतलाई ब्याटिङको निम्तो दिएका हुन्।
भारतले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ।
यो खेल साँझ ७:१५ बजेबाट सुरु हुँदैछ। घरेलु मैदानमा भारत बलियो सुरुवात गर्ने लक्ष्यमा छ भने अमेरिका पनि उत्कृष्ट प्रदर्शनको दाउमा रहेको छ।
प्रकाशित: २४ माघ २०८२ १९:१५ शनिबार





