६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

चुनाव नगरेपछि निलम्बनमा पर्‍यो अमेरिकी क्रिकेट बोर्ड

फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डलाई निलम्बन गरेको छ।

मंगलबार राति बसेको भर्चुअल आईसीसीको बैठकले अमेरिकी क्रिकेट बोर्डलाई निलम्बन गरेको हो। आईसीसीले गत जुलाईमा भएको वार्षिक साधारणसभामा अमेरिकालाई तीन महिनाभित्र स्वतन्त्र निष्पक्ष चुनाव गर्न र शासन सुधार गर्न समय दिएको थियो। 

सोही आईसीसीको माग अमेरिकाले पूरा नगरेपछि मंगलबार अमेरिका निलम्बनमा पर्‍यो। निलम्बनमा परे पनि अमेरिकाले आउँदो फेब्रुअरीमा भारत र श्रीलंकाले आयोजना गर्ने टी-२० विश्वकपमा सहभागिता जनाउने छ।

प्रकाशित: ८ आश्विन २०८२ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App