१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

यु-२० एसियाली एथलेटिक्स च्याम्पियनसिप : नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालका पाँच खेलाडीले हङकङमा हुने २२औं यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

उक्त च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ। मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा बादल कार्कीले १ हजार ५ सय/३ हजार मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।

महिलामा अनुष्का अधिकारीले १ सय/२ सय मिटर दौड, नारायणी भण्डारीले ८ सय/१ हजार ५ सय मिटर दौड र संगीता विकले ४ सय/८ सय मिटर दौडमा खेल्नेछन्। प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App