५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

दुईदिने गेमिङ डेजको आयोजना

काठमाडौंमा दुईदिने एसुस एन्ड रिपब्लिक अफ गेमर्स (आरओजी) गेमिङ डेजको आयोजना भएको छ।

काठमाडौंको पुतलीसडकस्थित आइटिटिआई स्टोर बाई नागमणिमा आइतबार दोस्रो दिन दुईदिने कार्यक्रम आयोजना भएको थियो। त्यसअघि गत साता शुक्रबार ललितपुरको लबिम मलस्थित निओ गेमिङ स्टोरमा भएको थियो। एसुस नेपाल विश्वकै नम्बर वान गेमिङ ब्रान्डको रूपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घर मानिन्छ। यो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक भएको छ। आरओजी स्ट्रिक्स जी सिक्सटिन, टफ गेमिङ एफ सिक्स्टिन र एसुस गेमिङ भी सिक्सटिन गरी तीन नयाँ गेमिङ ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।

कार्यक्रममा नेपालका सबैभन्दा चर्चित ई स्पोर्ट्स टिममध्ये एक होर ई स्पोर्ट्सको सिआर सेभेन होर उपनामका खेलाडी सन्जन गौतम विशेष अतिथिका रूपमा उपस्थित भएका थिए। उनी नेपालमै सबैभन्दा धेरै पछ्याइनेमध्येका एक गेमिङ इन्फ्लुएन्सर हुन्। उनलाई हेर्न पुतलीसडकको आइटिटिआई स्टोर बाई नागमणिमा आइतबार समर्थकको घुइँचो लागेको थियो। सो अवसरमा गौतमले एसुसका नयाँ प्रोडक्टसमेत सार्वजनिक गरेका थिए। सो अवसरमा उनले समर्थकसँग भेटघाट कार्यक्रमसमेत गरेका थिए। नेपालको होर स्पोटर्स पब्जी मोबाइल वल्र्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भइसकेको छ।

होर स्पोर्ट्सका खेलाडीहरूले दुई दिनअघि लबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए। त्यहाँ पनि उनले फ्यानहरूसँग भेटघाटसमेत गरेका थिए। होर स्पोटर्सले गत महिना मात्र पब्जी मोबाइल वर्ल्ड कपमा करिब दुई करोड पुरस्कार जितेको थियो। उनीहरूको मनोरञ्जनका लागि एफसी २५ को प्रदर्शन प्रतियोगिता पनि भएको थियो।

घरेलु खेलाडीले नगद पुरस्कार र विविध प्रविधिसम्बन्धी सामान गिफ्ट पाएका थिए। उक्त कार्यक्रममा एसुसका कन्ट्री प्रडक्ट म्यानेजर अविनाश भास्लेले ‘आरओजी’ सिरिजका ल्यापटपहरूको विशेषताबारे जानकारी दिँदै नेपाली इलेक्ट्रोनिक्स गेमर्सहरूको प्राविधिक आवश्यकता यी ल्यापटपले पूरा गर्ने विश्वास व्यक्त गरे।

एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोगपछि सन्जन गौतम (सिआर सेभेन होर) ले प्रोडक्टको तारिफ गरेका थिए। उनले एसुसका नयाँ गेमिङ ल्यापटपको परफरमेन्स तारिफयोग्य रहेको उल्लेख गर्दै खेल्न सहज र आरामदायी भएकाले प्रो. गेमर्सहरूका लागि उत्कृष्ट रोजाइ हुने विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित: ९ भाद्र २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App