२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सद्वारा पृथक विशेषतासहित नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमानेपालमै पहिलो पटक पृथक विशेषता सहितनेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजनासार्वजनिक गरेकोछ । एकै योजना बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ सार्वजनिक गरिएको योजना हो ।

 महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बिमालेखको वार्षिकोत्सवमा बिमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बिमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ । नेपाली जीवन बिमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनालेनारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।

नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बिमा योजना हो। समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको हो। नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ।

मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्त्वपूर्ण र संवेदनशील समय हो । तर गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ ।समग्र नारीकै लागि बनेको योजना भएपछि उहाँहरुको लागि विशेष रुपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बिमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो ।

गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध हुनेछ । गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बिमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।

अग्रिम भुक्तानीसावधिक जीवन बिमा (मुनाफामा सरिक हुने) न्यूनतम बिमाङ्क रकम रू २५०,००० (दुई लाख पचास हजार) र अधिकतम बिमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ । यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार  सुविधा पनि लिन सकिन्छ जस्तै एडीबीः दुर्घटना मृत्यु लाभ, पीटीडीः पूर्ण स्थायी अशक्तता  सुविधा, पीडब्लुबीः बिमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिन्छ । 

प्रकाशित: ५ फाल्गुन २०८२ १९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App