२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

विश्व पारा एथलेटिक्समा दुई खेलाडी

विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती पेस गर्नेछन्। पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन्।

महिलामा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङजम्पमा खेल्नेछिन्। दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्। प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्।

अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ शिवाकोटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरेका थिए। अध्यक्ष शिवाकोटीबाहेकको टोली बिहीबार भारत प्रस्थान गर्नेछ। अध्यक्ष शिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: ९ आश्विन २०८२ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App