कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम भइरहेको छ।
बुधबार क्रिकेट मैदान राखिने फ्लडलाइटको ३ ओटा टावरहरू काठमाडौं आइपुगेको छ। रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो ।
पहिलो लटमा तीन वटा टावर र दोस्रो लटमा थप तीन वटा टावर आउने प्रक्रियामा छन्। मैदानमा कुल छ वटा फ्लडलाइटका टावरहरू हुनेछन्। टावरमा राखिने लाइट भने युरोपियन देशबाट आयात गरिनेछ। लाइट आउनका लागि अझै करिब ३ देखि ४ हप्तासम्मको समय लाग्ने अनुमान गरिएको छ ।
हालसम्म फ्लडलाइटका लागि आवश्यक पर्ने बेस (जग) निर्माणको काम पूर्ण रूपमा सकिएको छ भने तारहरू बिछ्याउने कार्य भइरहेको छ।







प्रकाशित: २५ असार २०८२ १४:३५ बुधबार





