२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

टप एण्ड टी- २० सिरिज: नेपालले मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले हरायाे

टप एण्ड टी- २० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ।

नेपालले सिरिज अन्तर्गत आज आफनो पाँचौ खेल खेलेको थियो। बुधबार डार्विनकाे पाल्मेर्स्टोनमा काजालिस ऐरेनमो भएको खेलमा नेपालले  मेलबर्न  रेनेगार्ड्सलाई ३३ रनले हराएकाे छ।

नेपालले दिएकाे १४० रनकाे लक्ष्य पछाएकाे मेलर्बनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन मात्र बनायाे।

मेलर्बनका लागि अर्जुन नैरले सर्वाधिक २६ रन बनाए। जे  लेमियरले १८ रन बनाए। नेपालका लागि साेमपाल कामीेले सर्वाधिक ५ विकेट लिए भने कुशल भुर्तेल ले २ विकेट लिए। त्यस्तै,  शहाब आलम र रुपेश सिंहले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ  रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। नेपालको लागि कुशल्ल मल्लले सर्वाधिक २९ रन बनाए।

मल्लले २९ रन बनाउने क्रममा १ चौका र १ छक्का समेत प्रहार गरे। त्यस्तै, नेपालका ओपनर  कुशल भुर्तेल १ रन  बनाउँदा भिम सार्कीले १९ रन बनाए। आरिफ शेख १२, दिपेन्द्र सिंह ऐरि २७, गुल्शन झा २ र लोकेश बम २४ रन बनाएर आउट भए। नन्दन यादव १ रन तथा रुपेश सिंह १६ रन बनाउँदै नटआउट रहे।

मेलर्बनका लागि र्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिएका छन्।

नेपालले खेलेको पाँच वटा खेलमा तीनमा हार र दुईमा जित हासिल गरेको छ।

प्रकाशित: ४ भाद्र २०८२ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App