२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा पनि समानुपातिकतर्फ पहिलो भयो रास्वपा

प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तुमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक लाख बढी मत पाएको छ।  

तीन वटै निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मत परिणाम अनुसार सबैभन्दा बढी मत पाएर रास्वपा पहिलो दल बनेको हो।

रास्वपाले जिल्लामा प्रत्यक्षतर्फ ३ मध्ये २ सिट जितेको छ। पार्टीले समानुपातिकमा १ लाख ५४९ मत पाएको छ।  

रास्वपाले निर्वाचन क्षेत्र नम्बर १ मा ४३ हजार २५२ मत, क्षेत्र नम्बर २ मा ३१ हजार १२७ र क्षेत्र नम्बर ३ मा २६ हजार १७० मत पाएको छ।  

यस्तै कांग्रेसले ४६ हजार ३९१ मत पाएर दोस्रो भएको छ। कांग्रेसले क्षेत्र नम्बर १ मा १३ हजार १८७, क्षेत्र नम्बर २ मा १९ हजार १३४ र क्षेत्र नम्बर ३ मा १४ हजार ७० मत पाएको छ।  

यस्तै एमाले २५ हजार ६२० मतसहित तेस्रो भएको छ। एमालेले क्षेत्र नम्बर १ मा ७ हजार ६२१, क्षेत्र नम्बर २ मा ८ हजार ८४९ र क्षेत्र नम्बर ३ मा ११ हजार १५० मत पाएको छ।  

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले २२ हजार ६३ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ९८३ मत पाएको छ ।  

क्षेत्र नम्बर १ मा कुल ९२ हजार २ सय ७६ मत खसेकोमा ४ हजार ८८२ मत बदर भएको थियो। यस्तै, क्षेत्र नम्बर २ मा ८१ हजार ४६६ मत खसेकोमा ३ हजार ४१० मत बदर भएको थियो। यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ८८४ मत खसेकोमा ४ हजार ३९१ मत बदर भएको थियो।  

प्रत्यक्षतर्फ भने क्षेत्र नम्बर १ मा रास्वपाका मोहन आचार्य, क्षेत्र नम्बर २ मा सोही पार्टीका विक्रम सिंह थापा र क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी भएका थिए।

प्रकाशित: २५ फाल्गुन २०८२ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App