स्पिनर ललित राजवंशी मातृशोकमा परेपछि उनको स्थानमा साहब आलम अस्ट्रेलिया जाने भएका छन् । अस्ट्रेलियामा हुने टप इन्ड टी-२० क्रिकेट खेल्ने टोलीमा साहबले ललितको स्थान लिने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाली टोली भोलि (सोमबार) अस्ट्रेलिया उड्नेछ । बन्द प्रशिक्षणमा सहभागी भएपनि साहब अस्ट्रेलिया भ्रमण टोलीमा भने अटाएका थिएनन् ।
स्विनर ललितकी ममतामयी आमा ६० वर्षीया शुभकुमारी राजवंशीको विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान निधन भएको थियो ।
प्रकाशित: २५ श्रावण २०८२ १८:४८ आइतबार


		
		
		
				


