१५ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

तेस्रो विश्वविद्यालय खेलकुद माघ २२ मा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, अखिल नेपाल टेबल टेनिस संघका महासचिव कुवेरप्रकाश सिंह, नेपालयका अध्यक्ष सुवास प्रधान, नेपाल भलिबल संघका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो। प्रतियोगितामा टेबल टेनिस, बास्केटबल र भलिबलको प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन्।

भलिबलमा छात्रको मात्र खेल हुनेछ। दुईदिने प्रतियोगिताका खेल धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइनेछ।

प्रकाशित: २५ पुस २०८२ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App