१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कोसी प्रदेशसभा हिउँदे अधिवेशन आह्वान, बैठक वीरेन्द्र सभागृहमा बस्ने

कोसी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान भएको छ । माघ २५ गतेबाट सुरु हुने गरी बैठक आह्वान भएको हो। बिहीबार कोसी सरकार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा आह्वान गरेका छन्। 

प्रदेशसभा भवन जेन–जी आन्दोलनका क्रममा जलाएर ध्वस्त पारेपछि पहिलो पटक बैठक बस्न लागेको छ। अहिले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा बैठक बस्ने तयारी गरिएको छ। 

विराटनगर महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी उक्त सभागृहमा प्रदेशसभा बैठक सञ्चालन गर्न लागिएको कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

प्रदेशसभाको सचिवालय भने मोरङको कटहरी गाउँपालिकास्थित तरकारी थोक बजारमा सञ्चालन भइरहेको छ। 

प्रकाशित: १५ माघ २०८२ २१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App