१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

इटहरीमा तेस्रो मेयर कप क्रिकेट वैशाख १५ देखि

वैशाख १५ गतेदेखि इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुनेछ ।

आइडियल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगिता २०/२० ओभरको नकआउट आधारमा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम प्रतियोगिता संयोजक सीपी पौडेलले बताए । उनका अनुसार प्रतियोगितामा १२ वटा टिम सहभागी हुनेछन् ।

खेलमा इटहरी उपमहानगरपालिकाका तीन वटा टिम सहित धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहनरसिंह गाउपालिका, मेचीनगर नगरपालिका (झापा), त्रियुगा नगरपालिका (उदयपुर), मोरङको कटहरी गाउँपालिका र सन्दरहरैँचा नगरपालिका रहने छन् । प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ ।  उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफि पाउनेछ ।  

यसैगरी ‘प्लेयर अफ दि सिरिज’ लाई नगद सात हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही चार हजार रुपैयाँ प्रदान गरिनेछ । ‘म्यान अफ दि म्याच’ लाई प्रत्येक खेलमा नगद १५ सय रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।  

इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट संघको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । 

प्रकाशित: १० वैशाख २०८३ १९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App