१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

अबको विकल्प बदलावबाहेक केही छैन: सन्दीप लामिछाने

नेपाली राष्ट्रिय पुरुष टोलीका लेग स्पिनर सन्दीप लामिछानले अबको विकल्प बदलावबाहेक केही नरहेको बताएका छन्।

मगंलबार उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै अबकाे विकल्प नै बदलाव रहेको बताएका हुन्। उनले भने, 'सम्पूर्ण राजनीतिक दलहरू आफ्नो वरिपरि हेर्नु स्थिति एकदमै भयावह भइरहेको छ। यसको विकल्प नै बदलावबाहेक केही छैन।'

सोमबार जेन-जीले सरकारविरुद्ध आन्दोलनमा उत्रिएको थियो। जहाँ हालसम्म २० जना युवाले ज्यान गुमाइसकेका छन्।

झन्डै ४ मिनेटको भिडियोमा सन्दीपले सरकारलाई देश जोगाउन समेत अनुरोध गरेका छन्। 'मेरो हात जोडेर बिन्ती छ यो देशलाई जोगाउनु छ भने विकल्पहरू खोजेर, स्टिमलाई चेन्ज गरेर सही मान्छेहरुलाई स्थान दिनुहोला सन्दीपले उक्त भिडियोमा भनेका छन्।  

सोमबार युवाहरु हत्यापछि मगंलबार बिहान देखि देशभर यसविरुद्धमा विरोध भइरहेको छ। साथै, उनले देशलाई र युवाहरुलाई जोगाइदिन आग्रह गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App