२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौंमा हुने भएको छ।

जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो । कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ ।  

जापानिज एजुकेसन ग्रुपले बानेश्वरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त कार्यक्रममा समूह विभाजन भएको थियो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  

उक्त खेल बालुवाखानी कपअन स्पोर्ट्स सेन्टर हुने आयोजक जापानिज एजुकेसन ग्रुपले जनाएको छ ।  

समूह ‘ए’ ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्राली छन् ।  

समूह ‘बी’ इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्राली, कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्राली र न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् ।  

No description available.

लिगचरणको खेल १४ मिनेटको हुनेछ । नकआउट (सेमिफाइनल र फाइनल) मा १५ मिनेट खेलाइने जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले जानकारी दिए ।

प्रतियोगिताको उपविजेताले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी मेडल पाउनेछन्। उक्त खेलमा फिफा रेफ्री माया लामाद्वारा सञ्चालन हुनेछ। प्रतियोगिताको बेस्ट प्लेअर र गोलकिपरले पनि ट्रफी प्राप्त गर्नेछन् ।  

हरेक टोलीबाट विद्यार्थीसँगै गुरु र सञ्चालकसमेत अनिवार्य खेलाउने प्रावधान राख्नुको उद्देश्य अध्ययनरत विद्यार्थीलाई थप अनुशासित बनाउनु रहेको जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए ।

उनले नेपालमा मेहनती विद्यार्थीसँगै अनुशासित युवा जनशक्ति पनि उत्पादन हुन्छ भन्ने सन्देश दिन यो प्रतियोगितामाध्यम बन्नसक्ने आशा व्यक्त गरे। त्यसैले पनि फिफा रेफ्री नै राखेर प्रतियोगिताको सञ्चालन गरिएको तामाङले उल्लेख गरे।

प्रकाशित: २९ श्रावण २०८३ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App