नेपाली सेपाकतात्रो टोलीले थाइल्यान्डमा जारी ३८औं आइएसटिएफ विश्व च्याम्पियनसिपमा बिहीबार समान स्वर्ण र रजत गरी दुई पदक जितेको छ।
थाइल्यान्डको हात याई सहरमा भएको च्याम्पियनसिपमा नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए। मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।
चाइनिज ताइपेई दोस्रो र बंगलादेश तेस्रो भए। प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए। यस विधामा भने चाइनिज ताइपेईले स्वर्ण जित्यो।
प्रकाशित: ९ श्रावण २०८२ ०६:५८ शुक्रबार





