२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

दोस्रो संस्करणको जय ट्रफी प्रतियोगिता आजबाट काठमाडौंमा सुरु

दोस्रो संस्करणको जय ट्रफी क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको छ। शुक्रबार  बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल सुरु भएको छ। अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, मूलपानी माथिल्लो क्रिकेट मैदानमा बाग्मती क्लब र एपीएफ क्लब खेलिरहेका छन्। 

जारी प्रतियोगितामा कूल ४ टोलीले सहभागिता जनाएका छन्। दुई दिवसीय फम्र्याटमा  भइरहेको प्रतियोगिताको फाइनल खेल मार्च १ देखि ३ सम्म त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०८२ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App