१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

अक्सनमार्फत् टोली निर्माण गर्दै डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण सुरु

देवीनगर क्रिकेट क्लब द्वारा आयोजित ‘डीसीसी प्रिमियर लिग सिजन-२ अन्तर्गत अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार होटल पौवामा आयोजित कार्यक्रममा सहभागी टोली सञ्चालकले खेलाडी खरिद प्रक्रिया पूरा गरेका हुन्।

प्रतियोगितामा यसपटक प्रिन्ट हब किंग्स, एसजीए मावेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड र सिद्धार्थ रोयलगरी पाँच टोली सहभागी रहेका छन्। आयोजक क्लबका अनुसार प्रत्येक टोलीका लागि १ लाख ५० हजार बराबरको ‘पकेट मनी’ व्यवस्था गरिएको थियो, जसअन्तर्गत टोलीहरूले खेलाडी छनोट गरेका हुन्।

प्रतियोगिताका खेलहरू आगामी जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्ड मा सञ्चालन हुनेछन्। प्रतियोगिताको ढाँचाअनुसार प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछ। लिग चरणबाट प्राप्त अंकका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संस्था तथा कम्पनीहरूको महत्वपूर्ण सहयोग रहेको क्लबले जनाएको छ। क्लबका सचिव गणेश पाण्डेयले कार्यक्रम निकै भव्य तथा सफल रूपमा सम्पन्न भएको जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गर्नुका साथै बुटवल क्षेत्रमा क्रिकेट गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

२०७६ सालमा पाँच सदस्यबाट स्थापना भएको देवीनगर क्रिकेट क्लब मा हाल ९२ जना सदस्य आबद्ध रहेका छन्। क्लबले स्थापना कालदेखि नै क्रिकेट खेलको विकास, युवा खेलाडी उत्पादन तथा खेलकुद गतिविधिको विस्तारमा निरन्तर काम गर्दै आएको जनाएको छ।

 

 

प्रकाशित: ६ जेष्ठ २०८३ १९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App