१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

प्रशिक्षकको योजनाअनुरूप सिनियर खेलाडी पठाएनौँ : क्यान

सोमपाल कामीलगायत सिनियर खेलाडीबिना आइसिसी टी ट्वान्टी विश्वकप छनोटको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाली क्रिकेट टोली दोस्रो चरणको प्रशिक्षण शिविरका लागि भारत जाने भएको छ । उक्त प्रशिक्षण आगामी जुलाई २१ देखि अगस्ट ३ सम्म बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा हुनेछ । नेपाल क्रिकेट संघले सोही प्रशिक्षण शिविरका लागि हाल बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी सहभागी गराएको हो । तर, उक्त दोस्रो चरणको प्रशिक्षणका लागि सिनियर खेलाडीहरू सोमपालसँगै सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी जस्ता खेलाडी भने समावेश गरिएको छैन ।  

यद्यपि, क्यानका प्रवक्ता छुम्बी लामाले प्रशिक्षक स्टुआर्ट लको योजनाअनुरूप युवा खेलाडीलाई क्याम्पमा पठाइएको बताएका छन् । साथै उनले सिनियर खेलाडीले त्यहाँ प्रशिक्षण गरिसकेको र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप २० खेलाडीलाई मात्र पठाइएको उल्लेख गरेका छन् । ‘प्रशिक्षकको योजनाअनुरूप २० खेलाडीलाई भारतमा पठाएको हो । यो राष्ट्रिय टोली होइन । राष्ट्रिय टोली पछि घोषणा हुन्छ । यहाँ १२ जना खेलाडी प्रशिक्षण बस्नु हुन्छ । दुवै तर, क्याम्प रहन्छ,’क्यानका प्रवक्ता छुम्बीले भने, ‘सिनियर खेलाडीले त्यहाँ खेलिसकेका छन् । नयाँ खेलाडीलाई अवसर दिइएको हो । पछि मर्च गरेर राष्ट्रिय टोली घोषणा हुन्छ ।’

उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसीआई० ले सहयोग गरेका छन् । प्रशिक्षण शिविरमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल र आकाश चन्द र शुभ कंसाकार छन् । 

प्रकाशित: २ श्रावण २०८२ २२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App