फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबिचको खेल अतिरिक्त समयमा धकेलिएको छ।
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएपछि खेल बराबरी गोलमा टुंगिएको थियो।
सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।
अहिले ३० मिनेट अतिरिक्त समय थपिएको छ। खेल १-१ गोलको बराबरीमा भइरहेको छ।
यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै, खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
प्रकाशित: २८ असार २०८३ ०८:५० आइतबार





