१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

नकआउट चरणमा कुन टीमले कोसँग खेल्ने ? (तालिकासहित)

विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ खेल्ने सबै टोलीको टुङ्गो लागेको छ।

आइतबार समूह चरणको खेलहरु समाप्त भएसँगै नकआउट चरण खेल्ने टोलीको टुङ्गो लागेको हो।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो राउन्ड अफ ३२मा विश्वकपमा डेब्यु गर्ने टोली केप भर्डेसँग खेल्नेछ। फ्रान्सले जुलाई १ मा न्यु जर्सीमा स्वीडेनसँग खेल्नेछ।

यस्तै, कोलम्बियासँग गोलरहित बराबरी खेलेपछि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले जुलाई ३ मा २०१८ को उपविजेता क्रोएसियासँग खेल्नेछ।

पाँच पटकको च्याम्पियन ब्राजिलले नकआउटमा ह्युस्टनमा एसियाली बलियो टोली जापान विरुद्ध खेल्नेछ।

नेपाली समयअनुसार नकआउट चरणमा कुन–कुन टीम भिड्दैछन्?

जुन २९, सोमबार:

००:४५ : दक्षिण अफ्रिका र क्यानडा

२२:४५ : ब्राजिल र जापान

जुन ३०, मंगलबार:

२ः१५ : जर्मनी र पाराग्वे

६ः४५ : नेदरल्यान्ड्स र मोरक्को

१०ः४५ : आइभरी कोस्ट र नर्वे

जुलाई १, बुधबार :

२ः४५ : फ्रान्स र स्विडेन

६ः४५  : मेक्सिको र इक्वेडर

२१ : ४५ : इंग्ल्यान्ड र डीआर कंगो

जुलाई २, बिहीबार :

१ः४५  : बेल्जियम र सेनेगल

५ः ४५ : अमेरिका र बोस्निया एन्ड हर्जगोभिना

जुलाई ३ शुक्रबार

००ः ४५ : स्पेन र अष्ट्रिया

४:४५  : पोर्चुगल र क्रोएसिया

८:४५  : स्विट्जरल्यान्ड र अल्जेरिया

११ः ४५ : अष्ट्रेलिया र इजिप्ट

जुलाई ४, शनिबार

३ः४५ : अर्जेन्टिना र केप भर्डे

७ः १५ : कोलम्बिया र घाना

प्रकाशित: १४ असार २०८३ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App