१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

कुल ११ खेल विधाको प्रतिस्पर्धा हुने चौथो तार्केश्वर मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

तार्केश्वर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा फुटबल, कबड्डी, एथलेटिक्स, भलिबल, कराते, उसु, तेक्वान्दो, बास्केबटल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसको प्रतिस्पर्धा हुँदैछन्।

उक्त प्रतियोगिताको शनिबार तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। ६४ विद्यालयका २ हजार ६ सय ८२ खेलाडी सहभागी छन्। समग्रमा टिम च्याम्पियनले एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० रुपैयाँ नगद पुरस्कार पाउने तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एंव प्रतियोगिता सहसंयोजक विक्रम खड्गीले जानकारी दिए।  

प्रकाशित: १४ मंसिर २०८२ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App