१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

टेबल टेनिसको लेभल वान कोचिङ कोर्स सुरु

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा लेभल वान कोचिङ कोर्स सुरु भएको छ।

अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डरअनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिएका छन्। महासचिव कुबेरका अनुसार सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ।

नेपालबाट संयोग कपाली, विपुल महर्जन, रीतिज जोशी, कृष्ण थापामगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापामगर, रोशन अधिकारी, विवेक राई, दीपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आस्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एशस्वी अवाल र अजय विक सहभागी छन्। भारतबाट निथिन हरिदास र सुदर्शाने भेलायोदमले भाग लिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन्।

कोर्स आइटिटिएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्नेछन्।

कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतको उपस्थिति रहेको थियो। कोर्स असार २९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २६ असार २०८२ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App