१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

टी-२० विश्वकप छनोट: नेपाल र ओमानबिच निर्णायक खेल आज

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा आज नेपाल र ओमान आमने-सामने हुँदै छन्।

बुधबार खेल ओमानको ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समय अनुसार राति पौने नौ बजेदेखि सुरु हुनेछ। नेपाल र ओमान जारी प्रतियोगितामा अपराजित छन्। दुवै टोली समान ६-६ अंक सहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

आज हुने खेल फाइनल सरह हुनेछ, किनभने आज विजयी हुने टोली विश्वकपमा छनोट हुनेछ। त्यसैले दुवै टोली एक खेल अघि नै विश्वकपमा छनोट हुन चाहन्छन्।

नेपाल समूह बी को विजेता बन्दै र ओमान समूह सी को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको थियो।

प्रकाशित: २९ आश्विन २०८२ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App